Logo

सोमवार, आश्विन २६ गते २०८३

images

११ जिल्लामा फैलियो बर्डफ्लु

११ जिल्लामा फैलियो बर्डफ्लु

दैनिकी न्यूज

९, चैत्र २०७८
११ जिल्लामा फैलियो बर्डफ्लु
images

काठमाडौं । माघ दोस्रो सातादेखि फैलिएको बर्डफ्लु ११ जिल्लामा फैलिएको छ । यसले आक्रामक रूप लिए पनि पशुसेवा विभागले रोकथाम तथा नियन्त्रणका लागि आवश्यक बजेट नभएको बताएको छ ।

विभागका सूचना अधिकारी तथा वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले अहिले भएको क्षतिको आँकडा हेर्ने हो भने संक्रमण नियन्त्रण तथा क्षतिपूर्तिका लागि थप ६ देखि ७ करोड बजेट आवश्यक पर्ने बताए ।

चालू आर्थिक वर्ष (आव) मा सरकारले बर्डफ्लु नियन्त्रण तथा क्षतिपूर्तिका लागि विनियोजन गरेको बजेटले भ्याउनेभन्दा बढी क्षति भइसकेकाले बजेट अपुग भएको बताइएको छ ।

विभागसँग चालू आवमा बर्डफ्लु नियन्त्रण तथा क्षतिपूर्तिका लागि विनियोजन गरेको १ करोड २१ लाख रुपैयाँ छ । तर, अहिले जसरी बर्डफ्लुको संक्रमण फैलिएको छ, त्यसलाई नियन्त्रण गर्न र क्षतिपूर्ति उपलब्ध गराउन यो बजेट अपुग हुने विभागले बताएको छ ।

११ जिल्लामा भएको क्षतिको विवरण आइसकेको र अब बजेट मागका लागि कृषि मन्त्रालयमार्फत अर्थमा जानकारी गराउने तयारी भइरहेको ढकालले बताए ।

मोरङ जिल्लाबाट फैलिएको संक्रमण काठमाडौंसहित सुनसरी, उदयपुर, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, कास्की, पर्सा र धनुषामा समेत फैलिइसकेको छ । हालसम्म ती जिल्लामा ६४ हजार ८ सय ७२ पन्छी, २७ हजार ३ सय ७१ गोटा अण्डा, १५ हजार ९४ किलो दाना र २२ किलो कखुराको नष्ट गरिसकिएको छ ।

यो खबर आजको आर्थिक अभियानमा छापिएको छ ।

images
प्रकाशित मिति :चैत्र ९, २०७८ बुधवार - ०६:३२:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology