Logo

सोमवार, आश्विन २६ गते २०८३

images

१ किलो २ सय ग्राम सुनसहित एक जना भारतीय नागरिक विमानस्थलबाट पक्राउ

१ किलो २ सय ग्राम सुनसहित एक जना भारतीय नागरिक विमानस्थलबाट पक्राउ

दैनिकी न्यूज

७, चैत्र २०७८
१ किलो २ सय ग्राम सुनसहित एक जना भारतीय नागरिक विमानस्थलबाट पक्राउ
images

काठमाडौं । एक किलोभन्दा धेरै सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेको छन् ।

आइतवार नेपाल एअरलाइन्सको जहाजमा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक शुभम् मेहरालाई एक किलो दुई सय ६८ ग्राम सुनसहित विमानस्थलको गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले सुनलाई दुई वटा पलास्टिकमा राखेर पोको बनाइ मलद्वारमा लुकाएर ल्याएका प्रहरीले जानकारी दिएको छ ।

IMG_0478.JPG

बरामद सुनको अन्दाजी मूल्य एक करोड आठ लाख ४९ हजार चार सय रुपैयाँ रहेको छ । पक्राउ परेका मेहरालाई प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा उपस्थित गराएको छ ।

images
प्रकाशित मिति :चैत्र ७, २०७८ सोमवार - १४:१६:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology