Logo

सोमवार, आश्विन २६ गते २०८३

images

बैंकिङ कसूर मुद्दामा फरार पनेरू पक्राउ

बैंकिङ कसूर मुद्दामा फरार पनेरू पक्राउ

दैनिकी न्यूज

७, चैत्र २०७८
बैंकिङ कसूर मुद्दामा फरार पनेरू पक्राउ
images

झापा । बैंकिङ कसूर मुद्दा र बहुविवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बाह्रदशी गाउँपालिका २ ठेगाना भएका ४२ वर्षीय नर प्रसाद पनेरू र बहुविवाह मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका ५ बस्ने अर्जुनधारा नगरपालिका ३ घर भएका २९ वर्षीय राजु श्रेष्ठ रहेका छन् ।

उनीहरूमध्ये नर प्रसाद पनेरूलाई उच्च अदालत पाटनको २०७७ माघ २० गतेको फैसलाले २ दिन कैद, ३ लाख ८७ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा १५ हजार ४ सय ८० रूपैयाँ जम्मा गर्नुपर्ने सजाय ठहर भएको तथा राजु श्रेष्ठलाई जिल्ला अदालत झापाको २०७५ कात्तिक २९ गतेको फैसलाले १ वर्ष २५ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।

images
प्रकाशित मिति :चैत्र ७, २०७८ सोमवार - १४:०९:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology