Logo

सोमवार, आश्विन २६ गते २०८३

images

म्यादी प्रहरीका लागि एकै दिन ३० हजारले आवेदन दिए

म्यादी प्रहरीका लागि एकै दिन ३० हजारले आवेदन दिए

दैनिकी न्यूज

७, चैत्र २०७८
म्यादी प्रहरीका लागि एकै दिन ३० हजारले आवेदन दिए
images

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी माग गरेकोमा आइतबार एकै दिन ३० हजार व्यक्तिको आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले गत मंगलबार एक सूचना जारी गर्दै १ लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको थियो । म्यादीमा भर्ती हुनका लागि योग्यता पुगेका नागरिकले ६ चैत देखि ११ चैतसम्म दर्खास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनाअनुसार म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनु पर्नेछ । यस्तै, दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने बताइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले आइतबार ७७ वटै जिल्लामा गरी म्यादी प्रहरीमा भर्ना हुनका लागि करिब ३० हजारको आवेदन परेको जानकारी दिए । उनका अनुसार काठमाडौंमा मात्रै १ हजार २ सय ५६ जनाको आवेदन परेको छ । आजको राजधानी दैनिकबाट

images
प्रकाशित मिति :चैत्र ७, २०७८ सोमवार - ०८:३९:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology