ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोलमा वडा पार्टी कार्यालय स्थापना गरेको छ ।
पार्टी कार्यालय उद्घाटन गर्दै माओवादी केन्द्रका जिल्ला संयोजक शिवप्रसाद कट्टेलले कम्युनिस्ट आन्दोलनलाई विघटन हुनबाट जोगाउन सक्ने सामथ्र्य माओवादी केन्द्रसँग मात्र भएको प्रमाणीत भएको बताए । कट्टेलले जनताको इच्छा आकांक्षालाई परिपूर्ति गर्न र नेपाली जनतालाई परिवर्तनको आभाष दिलाउन सक्ने पार्टी मात्र माओवादी केन्द्र मात्र भएको बताउदै सबैले एकपटक फेरी माओवादी केन्द्रलाई विश्वास गर्न आग्रह गरे ।
जिल्ला सदस्य, नगरकमिटिका पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा कार्यालय स्थापनाले वडा गतिविधिमा ठूलो टेवा पुर्याउने बताइएको छ ।
नगर तथा जिल्ला तहका नेताहरुले निर्देशनात्मक, प्रशिक्षनात्मक शुभकामना मन्तब्य राखेका थिए । वडा कमिटिका पदाधिकारी सदस्यहरु तथा पार्टिका आस्थावान ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।



