Logo

सोमवार, आश्विन २६ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार धिमाल पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार धिमाल पक्राउ

दैनिकी न्यूज

६, चैत्र २०७८
बैंकिङ कसूर मुद्दाका फरार धिमाल पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कागेश्वरी मनहरा नगरपालिका वडा नं. २ गोकर्णेश्वर बस्ने ३६ वर्षीय नवराज धिमाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ असोज १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा नगद २० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णश्वरबाट पक्राउ गरेको हो ।

धिमालले प्राइम बैंक लिमिटेड बागबजारको आफ्नो नामको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितलाई झुक्यानमा पारी दिएकोमा चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०७८ आइतवार - १८:२६:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology