Logo

सोमवार, आश्विन २६ गते २०८३

images

होटलमा तास खेलिरहेको सात जना पक्राउ

होटलमा तास खेलिरहेको सात जना पक्राउ

दैनिकी न्यूज

६, चैत्र २०७८
होटलमा तास खेलिरहेको सात जना पक्राउ
images

दाङ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित भुवन खड्काको ग्रिन भ्याली होटलमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७८ हजार १ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०७८ आइतवार - १३:०१:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology