Logo

सोमवार, आश्विन २६ गते २०८३

images

ललितपुरको भैसेपाटीमा चोरी

ललितपुरको भैसेपाटीमा चोरी

दैनिकी न्यूज

६, चैत्र २०७८
ललितपुरको भैसेपाटीमा चोरी
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २५ भैसेपाटी आवासस्थित शान्ता श्रेष्ठको घरबाट करिब ८ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न सुनका गहना शनिबार बिहान चोरी भएका छन् ।

घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरुले कोठाको ताल्चा फोडी गहना चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुंमतीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०७८ आइतवार - १२:०८:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology