Logo

सोमवार, आश्विन २६ गते २०८३

images

कागजी योजनामै सीमित भयो काठमाडौंमा 'मेट्रो सिटी'

कागजी योजनामै सीमित भयो काठमाडौंमा 'मेट्रो सिटी'

दैनिकी न्यूज

६, चैत्र २०७८
कागजी योजनामै सीमित भयो काठमाडौंमा 'मेट्रो सिटी'
images

काठमाडौं । काठमाडौँ उपत्यकालाई व्यवस्थित सहर बनाउने उद्देश्यसहित सात वर्षअघि परिकल्पना गरिएको राजधानी सहर (मेट्रो सिटी) निर्माण योजना कागजमै सीमित भएको छ ।

स्थानीय तह पुनर्संरचना आयोगले उपत्यकाका १८ वटा नगरपालिकाको एकीकृत विकास गर्ने उद्देश्यसहित काठमाडौँ उपत्यका मेट्रो सिटी निर्माण गर्न सात वर्षअघि सरकारलाई सुझाव दिएको थियो ।

मेट्रो सिटी निर्माण प्रक्रिया अगाडि बढाउने जिम्मेवारी उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिको भए पनि त्यसतर्फ कसैको ध्यान जान सकेको छैन ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकाको एकीकृत विकास गर्ने उद्देश्यले नै उपत्यका नगरपालिका फोरम निर्माण गरिएको बताए ।

यद्यपि, त्यो फोरममा व्यवस्थित काम अगाडि बढाउन नसकिएको प्रमुख महर्जनले स्वीकार गरे । उनले भने, “उपत्यकाको एकीकृत विकासकै लागि फोरम निर्माण गरिए पनि मेट्रो सिटीको काममा कुनै गृहकार्य हुन सकेन ।” नगेन्द्र सापकोटाले गोरखापत्र दैनिकमा खबर लेखेका छन् ।

images
प्रकाशित मिति :चैत्र ६, २०७८ आइतवार - ०७:००:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology