Logo

सोमवार, आश्विन २६ गते २०८३

images

देश यतिबेला इतिहासकै कठिन मोडः नेता गुरुङ

देश यतिबेला इतिहासकै कठिन मोडः नेता गुरुङ

दैनिकी न्यूज

६, चैत्र २०७८
देश यतिबेला इतिहासकै कठिन मोडः नेता गुरुङ
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले देश यतिबेला इतिहासकै कठिन मोडमा रहेको बताएका छन् । सुगौली सन्धी पछि यतिधेरै संकट नेपाली राजनीतिमा कहिल्यै नदेखिएको उनको भनाइ छ ।

शनिवार पार्टीको सहायक संगठन वाईसीएल नेपालको भक्तपुर जिल्ला समन्वय समिति घोषणा एवं प्रशिक्षण कार्यक्रमलाई सूर्यविनायकमा सम्बोधन गर्दै प्रमुख सचेतक गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नु बाध्यता बनेको बताउदै यसले देशलाई इतिहासकै कठिन मोडमा ल्याइपुर्याएको जानकारी गराए । संसदले व्याख्यात्मक टिप्पणी सहित एमसीसी पारित गरी नेपाललाई अमेरिकी सैन्य रणनीति अन्तर्गत सदस्य राष्ट्र बनाउने षड्यन्त्र रोक्न भूमिका खेलेको भन्दै सांसद एवं सचेतक गुरुङले यो उच्च सावधानीपूर्वक गरिएको प्रयास भएको प्रष्ट पारे । यद्यपी, नेपाललाई अमेरिकी सैन्य रणनीति अन्तर्गत राख्न प्रयास भैरहेको खुलासा गर्दै उनले यदि त्यसलाई रोक्न नसके देश युक्रेन र सिरिया बन्ने खतरा रहेको बताए ।

नेपाल जीवन र मरणको स्थितिबाट गुज्रिरहेको जिकिर गर्दै उनले आगामी निर्वाचनमा दलहरुको हैसियतपछि त्यसको दृश्य देख्न सकिने प्रष्ट पारे । साम्राज्यवादीका दलाल र कठपुतलीहरु आगामी निर्वाचनमा बिजय भए देश नै नरहने अवस्था आउन सक्ने उनले आशंका व्यक्त गर्दै आगामी निर्वाचनमा देशभक्त र क्रान्तिहरूलाई हार्ने छुट नभएको तर्क गरे ।

चुनावी परिणाम अनुसार माओवादी केन्द्रको संसदमा थोरै संख्या हुँदा एमसीसी रोक्न नसकिएको दावी गर्दै उनले वर्तमान अवस्थामा एमसीसीको सम्भावित लक्षमा ब्रेक लगाउदै राष्ट्रहित अनुरुप व्याख्यात्मक टिप्पणी गरी एमसीसी अघि बढाउने निर्णय भएको र माओवादी केन्द्रको प्रयासले मात्र त्यो सम्भव भएको भन्दै यसलाई आंसिक सफलताको रुपमा लिनुपर्ने बताए । आफ्नो पार्टी निर्वाचन बाट बलियो बनेर आएमा मात्र राष्ट्रिय स्वाधिनताको रक्षा हुने उनको जिकिर छ ।नेकपा९माओवादी केन्द्र०का नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले देश यतिबेला इतिहासकै कठिन मोडमा रहेको बताएका छन् । सुगौली सन्धी पछि यतिधेरै संकट नेपाली राजनीतिमा कहिल्यै नदेखिएको उनको भनाइ छ ।

शनिवार पार्टीको सहायक संगठन वाईसीएल नेपालको भक्तपुर जिल्ला समन्वय समिति घोषणा एवं प्रशिक्षण कार्यक्रमलाई सूर्यविनायकमा सम्बोधन गर्दै प्रमुख सचेतक गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नु बाध्यता बनेको बताउदै यसले देशलाई इतिहासकै कठिन मोडमा ल्याइपुर्याएको जानकारी गराए । संसदले व्याख्यात्मक टिप्पणी सहित एमसीसी पारित गरी नेपाललाई अमेरिकी सैन्य रणनीति अन्तर्गत सदस्य राष्ट्र बनाउने षड्यन्त्र रोक्न भूमिका खेलेको भन्दै सांसद एवं सचेतक गुरुङले यो उच्च सावधानीपूर्वक गरिएको प्रयास भएको प्रष्ट पारे । यद्यपी, नेपाललाई अमेरिकी सैन्य रणनीति अन्तर्गत राख्न प्रयास भैरहेको खुलासा गर्दै उनले यदि त्यसलाई रोक्न नसके देश युक्रेन र सिरिया बन्ने खतरा रहेको बताए ।

नेपाल जीवन र मरणको स्थितिबाट गुज्रिरहेको जिकिर गर्दै उनले आगामी निर्वाचनमा दलहरुको हैसियतले त्यसको प्रष्ट सिन देख्न सकिने प्रष्ट पारे । साम्राज्यवादीका दलाल र कठपुतलीहरु आगामी निर्वाचनमा बिजय भए देश नै नरहने अवस्था आउन सक्ने उनले आशंका व्यक्त गर्दै आगामी निर्वाचनमा देशभक्त र क्रान्तिहरूलाई हार्ने छुट नभएको तर्क गरे ।

चुनावी परिणाम अनुसार माओवादी केन्द्रको संसदमा थोरै संख्या हुँदा एमसीसी रोक्न नसकिएको दावी गर्दै उनले वर्तमान अवस्थामा एमसीसीको सम्भावित लक्षमा ब्रेक लगाउदै राष्ट्रहित अनुरुप व्याख्यात्मक टिप्पणी गरी एमसीसी अघि बढाउने निर्णय भएको र माओवादी केन्द्रको प्रयासले मात्र त्यो सम्भव भएको भन्दै यसलाई आंसिक सफलताको रुपमा लिनुपर्ने बताए । आफ्नो पार्टी निर्वाचन बाट बलियो बनेर आएमा मात्र राष्ट्रिय स्वाधिनताको रक्षा हुने उनको जिकिर छ । ‘एमसीसीबाट सेना छिराउने अमेरिकी योजना हामीले रोकेका छौं तर हामी कमजोर भए उनीहरुलाई सेना भित्राउन बाट कसैले रोक्न सक्ने छैन ।‘ उनले भने ।

images
प्रकाशित मिति :चैत्र ६, २०७८ आइतवार - ०६:२२:४० बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology