Logo

सोमवार, आश्विन २६ गते २०८३

images

सत्तामा पहुँच राख्ने वर्गलाई मात्र लाभ

सत्तामा पहुँच राख्ने वर्गलाई मात्र लाभ

दैनिकी न्यूज

६, चैत्र २०७८
सत्तामा पहुँच राख्ने वर्गलाई मात्र लाभ
images

काठमाडौं । नेपालले खुला बजार नीति लिएको ३ दशकभन्दा बढी भइसक्दा पनि अर्थतन्त्र त्यसअनुसार अघि बढ्न सकेको छैन । पछिल्लो समय झन् उल्टै ‘क्रोनिज्म’ फस्टाउँदो छ । ‘क्रोनिज्म’ भनेको सत्ताको वरिपरि रहेर निश्चित व्यक्तिले लाभ लिनु हो । ‘क्रोनिज्म’ फस्टाउँदा व्यवसायमा प्रतिस्पर्धा हुन पाउँदैन र यसले अन्ततस् अर्थतन्त्रमा नकारात्मक असर पर्छ । यसले गर्दा सत्तामा पहुँच राख्ने वर्गले लाभ लिएको लियै गर्छन्, नयाँ विचार र कर्ममा विश्वास गर्ने वर्ग मारमा पर्ने गर्छन् ।

विश्लेषक पीताम्बर शर्माले माओवादी जनयुद्धपछि नेपालमा ‘क्रोनिज्म’ झनै फस्टाएको बताए । ‘क्रोनिज्म पहिला पनि थियो । तर, राजतन्त्रको अन्त्यपछि यो झन् बढेको छ,’ उनले भने, ‘राजतन्त्र हटेपछि जनयुद्ध लडेको तत्कालीन माओवादी सरकारमा आयो । नयाँ सरकार र व्यवसायीको सम्बन्ध नहुँदा २/३ वर्ष ‘क्रोनिज्म’ मा केही कमी भयो । तर, विस्तारै निश्चित व्यवसायीले नेताहरूको बेडरूमसम्मै पहुँच पुर्‍याए । नेताहरूले पनि उनीहरूसँग सम्बन्ध बढाउन थाले । त्यसपछि ‘क्रोनिज्म’ ह्वात्तै बढ्यो ।’ आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०७८ आइतवार - ०६:०२:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology