Logo

सोमवार, आश्विन २६ गते २०८३

images

शक्तिका आडमा कोटा भाग लगाएर एआईजी बढुवा

शक्तिका आडमा कोटा भाग लगाएर एआईजी बढुवा

दैनिकी न्यूज

३, चैत्र २०७८
शक्तिका आडमा कोटा भाग लगाएर एआईजी बढुवा
images

काठमाडौं । गृह मन्त्रालयले योग्यता र कार्य सम्पादनका आधारमा भन्दा शक्तिका आडमा कोटा भाग लगाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट बनेको छ ।

गृह मन्त्रालयले मंगलबार गरेको एआईजी बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीदेखि प्रहरीका अन्य उच्च अधिकृत गृह मन्त्रालयसँग असन्तुष्ट बनेका हुन् । गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बढुवा समिति बैठकले तीन नायब महानिरीक्षक ९डीआईजी०लाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । प्रहरी महानिरीक्षक क्षत्री आफैं बढुवा समितिका सदस्य सचिव हुन् । उनले बढुवाको निर्णय हुँदै गर्दा नै अव्यावहारिक निर्णय भन्दै असन्तुष्टि जनाएको स्रोतले भनेको छ ।

‘बढुवा समितिको सदस्य सचिव प्रहरी प्रमुख नै हुन्छ, प्रहरी महानिरीक्षक थापाले बैठकमा नै कार्यसम्पादनका आधारमा सिफारिस हुनुपर्छ भन्ने मत राख्नुभयो तर शक्तिको आडमा कोटा भाग लगाएर नाम सिफारिस गरियो,’ प्रहरी उच्च स्रोतले भन्यो । गृह मन्त्रालयले डीआईजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :चैत्र ३, २०७८ बिहिवार - ०७:१८:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology