Logo

सोमवार, आश्विन २६ गते २०८३

images

काँग्रेस एक्लै चुनावी अभियानमा

काँग्रेस एक्लै चुनावी अभियानमा

दैनिकी न्यूज

२, चैत्र २०७८
काँग्रेस एक्लै चुनावी अभियानमा
images

काठमाडौं । नेपाली काँग्रेसको एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सुरु भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका काँग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो।

आइतबारदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म हुने भएको छ। काँग्रेसका केन्द्रीय सदस्यहरू सबै जिल्लामा गएर ‘चुनाव आयो’ भन्दै काँग्रेस जगाउन जनताका घरदैलोमा पुगेका छन्। यद्यपि, चुनावमा भने एक्लै जाने कि गठबन्धनमा यसबारे ठोस निर्णय भने बनाइसकेको छैन।


काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैतको तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले गठबन्धनका विषयमा निर्णय गर्ने बताए। ‘टोल, वडा तहबाट आएको राय र सुझावअनुसार गठबन्धन गर्ने नगर्ने टुंगो लाग्छ,’ उनले भने, ‘यो अभियान जनतामाझ गएर काँग्रेस र एमसीसीबारेका भ्रम चिर्न गरिएको हो।’

त्यस्तै, काँग्रेस प्रवक्ता प्रकाशशरण महतले स्थानीय तहमा फोकस हुन जरुरी भएकोले जनताका घरदैलोमा पुग्न खोजेको बताए। काँग्रेसले ७७ जिल्लामा ७७ केन्द्रीय सदस्य पठाएको छ भने प्रदेश कार्यसमितिहरूले पनि प्रतिनिधि खटाएका छन्। यो समाचारअन्नपूर्ण पोस्टमा छ ।

images
प्रकाशित मिति :चैत्र २, २०७८ बुधवार - ०६:३२:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology