Logo

सोमवार, आश्विन २६ गते २०८३

images

जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

दैनिकी न्यूज

३०, फाल्गुण २०७८
जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
images

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ५ ठाकुरखोलामा आइतबार साँझ जन्ती सवार टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आइतबार साँझ ८ बजे बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४ ९० नम्बरको टिपर अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दीपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो।

गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। अन्य घाइतेहरुको विराटनगर, कटारी र सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ। बेहुला-बेहुली भने अर्कै गाडीमा सवार रहेको खुलेको छ।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - १३:०१:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology