ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ४ एकान्तकुना डेरा गरी बस्ने कपिलबस्तु घर भएका कृष्ण बिष्टको कोठाबाट सुनका विभिन्न गरगहना समेत गरी करिब ३ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।