Logo

सोमवार, आश्विन २६ गते २०८३

images

जुवातास खेल्ने १० जुवाडे बालाजु प्रहरीको फन्दामा

जुवातास खेल्ने १० जुवाडे बालाजु प्रहरीको फन्दामा

दैनिकी न्यूज

२९, फाल्गुण २०७८
जुवातास खेल्ने १० जुवाडे बालाजु प्रहरीको फन्दामा
images

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ९ मनमैजुस्थित जगत डंगोलको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बागलुङ खुङ्ला गाउँपालिका-८ घर भएका ३९ वर्षीय युवराज कँडेललगायत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९ हजार ७ सय ४५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने वृत्त बालाजुका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - १२:००:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology