Logo

सोमवार, आश्विन २६ गते २०८३

images

भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

दैनिकी न्यूज

२९, फाल्गुण २०७८
भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
images

सुर्खेत । भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगङ्गा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका हुन् ।

हिजो साँझ ५ बजेको समयमा उनीहरू नुहाउने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीयका अनुसार बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका–११ का १० वर्षीय गङ्गा खड्का, आठ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् ।

हाल प्रहरीकाअनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । रासस

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - ०६:२५:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology