Logo

सोमवार, आश्विन २६ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

२८, फाल्गुण २०७८
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
images

काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी दाङ तुलसीपुर उपमहानगरपालिका–८ अश्वार ठेगाना भएका ३० वर्षीय अनुप पाण्डेलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(३२ काँडाघारीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङ घोराहीमा बैंकिङ कसूर मुद्दा दर्ता भई उच्च अदालत तुलसीपुरबाट २०७८ फागुन २५ गते पक्राउ अनुमती जारी भएको तथा ईनजिनियरिङ एण्ड ईन्फ्रा प्रोजेक्ट प्रालिबाट साईड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका पाण्डेले पीडितको सवारी साधन प्रयोग गरी सवारी साधनको भाडा बापतको रकम १ करोड ४४ लाख १७ हजार ७ सय ७६ रूपैयाँ मध्ये सानिमा बैंकको प्रर्याप्त मौज्दात नभएको चेक मार्फत १ करोड ८ लाख ५७ हजार ७ सय ७६ रूपैयाँ रकम भएको चेक दिई बैकिङ कसूर गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाइने उक्त ब्यूरोले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७८ शनिवार - १९:१५:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology