Logo

सोमवार, आश्विन २६ गते २०८३

images

व्यापार घाटा चुलियो, १० खर्ब आयात, एक खर्ब निर्यात

व्यापार घाटा चुलियो, १० खर्ब आयात, एक खर्ब निर्यात

दैनिकी न्यूज

२८, फाल्गुण २०७८
व्यापार घाटा चुलियो, १० खर्ब आयात, एक खर्ब निर्यात
images

काठमाडौं । मुलुकको व्यापार घाटाले नेटो काटेको छ। आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ। चालु आवको सात महिनामा कूल वस्तु व्यापारघाटा ३८।४ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो वर्ष त्यस्तो व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा निर्यात आयात अनुपात ११।५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८।७ प्रतिशत छ।

यस्तै, समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरेर एक खर्ब २८ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो आयात एक खर्ब चार अर्ब १३ करोड बराबर थियो।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार सात महिनाको कूल वस्तु आयात ४२।८ प्रतिशतले वृद्धि भएर ११ खर्ब ४७ अर्ब ४६ करोड बराबर पुगेको छ। अघिल्लो वर्ष त्यस्तो आयात नगन्य रुपमा मात्रै बढेको थियो। विवरण अनुसार भारतबाट ३१ प्रतिशत, चीनबाट ४२।३ प्रतिशत र अन्य देशबाट ८३।८ प्रतिशतले आयात बढेको छ।

पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, यातायाताका साधन तथा पाटपूर्जालगायतका सामानको आयात बढेको छ। त्यस्तै एसउम बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगरलगायतका वस्तुको आयात बढेको छ।

त्यसैगरी आयातको तुलनामा थोरै भए पनि निर्यातको मात्रामा पनि वृद्धि भएको छ। केन्द्रीय बैंकका अनुसार चालु आवको सात महिनाको अवधिमा वस्तु निर्यात ८८।३ प्रतिशतले वृद्धि भएर एक खर्ब ३१ अर्ब ६६ करोड पुगेको छ।

अघिल्लो आवको सोही अवधिमा निर्यात ७।६ प्रतिशतले वृद्धि भएको थियो। भारततर्फको निर्यात ११३ प्रतिशतले बढेको छ। तर, उत्तरी छिमेकी चीनतर्फको निर्यात भने १२.४ प्रतिशतले घटेको छ। अन्य मुलुकतर्फको निर्यातमा पनि २७.७ प्रतिशतले वृद्धि भएको छ।

नेपालबाट पाम तेल, सोयाविन तेल, पिना, धागो, जुसलगायतका बस्तुको निर्यात बढेको छ। त्यस्तै नगदे बालीको रुपमा रहेको अलैची, चिया, जडीबुटीको निर्यात घटेको छ। तामाको तार र अन्य फलामे तारको समेत निर्यातमा पनि कमी आएको छ। समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७८ शनिवार - ०७:२५:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology