Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

दैनिकी न्यूज

२७, फाल्गुण २०७८
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु बस्ने गोरखा भिमसेन थापा गाउँपालिका–६ ठेगाना भएका २५ वर्षीय निसम बिक, काठमाडौं मनमैजु बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ ठेगाना भएका ३२ वर्षीय मुन्दिप भुजेल र काठमाडौं रामकोट बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका(३ ठेगाना भएकी ३६ वर्षीया शान्ता कोईराला दवाडी रहेका छन् । निसम र मुन्दिपलाई बिहीबार र शान्तालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरको गत मंसिर १२ गतेको फैसलाले मुन्दिपलाई ४ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना र गत मंसिर २१ गतेको फैसलाले शान्तालाई ९ लाख ९० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो भने निसमको नाममा बैकिंङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो ।

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले मुन्दिपलाई काठमाडौं मनमैजुबाट र निसमलाई बनस्थलीबाट र शान्तालाई सितापाइलाबाट पक्राउ गरेको हो ।

मुन्दिप र शान्तालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने निसमलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०७८ शुक्रवार - १८:५५:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology