Logo

सोमवार, आश्विन २६ गते २०८३

images

संखुवासभामा बस दुर्घटना, ७ जनाको मृत्यु

संखुवासभामा बस दुर्घटना, ७ जनाको मृत्यु

दैनिकी न्यूज

२६, फाल्गुण २०७८
संखुवासभामा बस दुर्घटना, ७ जनाको मृत्यु
images

संखुवासभा । संखुवासभामा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । झापाको दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका थुलुङ–६ मा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएको छ ।

संखुवासभा मादी नगरपालिका -६ स्थित सातघुम्तिमा दुर्घटना भएको बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ। दुर्घटनापछि स्थानीय र प्रहरी उद्धारमा जुटेका छन्। थप विवरण आउन बाँकी रहेको छ। 

images
प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - ०९:५२:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology