Logo

सोमवार, आश्विन २६ गते २०८३

images

केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

दैनिकी न्यूज

२६, फाल्गुण २०७८
केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि अन्य भु–भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भु–भागमा आंशिक बदली रहने छ। देशको पहाडी भु-भागमा अपरान्ह पछि एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै रातीको समयमा देशको पहाडी तथा हिमाली भु–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भु–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशको पहाडी भु–भागमा अपरान्ह पछि एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भु–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - ०६:५७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology