Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

बैंकिङ कसूर मुद्दामा फरार अर्घाखाँचीका बन्जाडे पक्राउ

बैंकिङ कसूर मुद्दामा फरार अर्घाखाँचीका बन्जाडे पक्राउ

दैनिकी न्यूज

२५, फाल्गुण २०७८
बैंकिङ कसूर मुद्दामा फरार अर्घाखाँचीका बन्जाडे पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं नयाँबानेश्वर बस्ने अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. २ ठेगाना भएका ४९ वर्षीय कृष्ण प्रसाद बन्जाडेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७७ पुस २४ र २०७८ मंसिर २१ गतेको फैसलाले ४ दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं थापागाउँबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - १८:०५:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology