Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

आजदेखि नेकपा (एस) को केन्द्रीय कमिटी बैठक सुरु हुँदै

आजदेखि नेकपा (एस) को केन्द्रीय कमिटी बैठक सुरु हुँदै

दैनिकी न्यूज

२५, फाल्गुण २०७८
आजदेखि नेकपा (एस) को केन्द्रीय कमिटी बैठक सुरु हुँदै
images

काठमाडौं । । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । बैठक बिहान ११ बजे कार्की बेन्क्वेट बबरमहलमा बस्नेछ । आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

पोलिटब्युरो सदस्यहरूको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारी प्रमुख रहेको छ ।

बैठकमा आसन्न स्थानीय तहमा निर्वाचन, एमसीसीको व्याख्यात्मक घोषणालगायत विषयमा छलफल हुने बताइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - ०७:३२:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology