Logo

सोमवार, आश्विन २६ गते २०८३

images

पशुपति क्षेत्रको ठेक्कामा मिलेमतो

पशुपति क्षेत्रको ठेक्कामा मिलेमतो

दैनिकी न्यूज

२५, फाल्गुण २०७८
पशुपति क्षेत्रको ठेक्कामा मिलेमतो
images

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले मिलेमतोमा एक कम्पनीलाई ठेक्का दिलाउने गरी बोलपत्र आह्वान खुलेको छ। विश्वरूपा मन्दिर तथा सत्तल निर्माणका लागि मिलेमतोमा धर्म एस निर्माण सेवा काभ्रेलाई दिन खोजेको पाइएको हो।

कोषले उसैलाई मिल्नेगरी मापदण्ड बनाएको तुलसी कन्स्ट्रसनका सञ्चालक रामप्रसाद बासीले बताए। हामी अरु निर्माण व्यावसायीले विरोध गरेपछि कोषले मापदण्ड परिमार्जनसमेत गर्न खोजेको थियो,’ उनले भने, ‘त्यो पनि चित्तबुझ्दो भएन ।’


कोषले स्ट्यान्र्डड बिडिङ डकुमेन्ट (एसबीडी) मा पाँच वर्षभित्रको सबैभन्दा उपयुक्त तीन आर्थिक वर्षको औसत ६४ करोडको काम गरेको हुनुपर्ने उल्लेख गरेको थियो। सकारी निकायमा १८ महिनाभित्र ५५ करोडको कार्य गरेको र पाँच वर्षभित्रको निर्माण कार्यको अनुभव राख्न सार्वजनिक खरिद ऐन, नियम र एसबीडीबमोजिम मिल्दैन।


६४ करोड रुपैयाँको सट्टा ३० करोड र विशेष कार्य अनुभव ५५ करोडको सट्टा ३२ करोड राखी कार्य अनुभवमा १८ महिनाको सीमा राख्न नमिल्ने उनले बताए। कोषले २०७७ पुस ९ गते विश्वरूपा मन्दिर र सत्तल पुनर्निर्माणको ठेक्काका लागि बोलपत्र आह्वानको सूचना जारी गरेको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - ०७:०३:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology