Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

द्रुतमार्ग निर्माण समय सीमाभित्रै सम्पन्न गर्न निर्देशन

द्रुतमार्ग निर्माण समय सीमाभित्रै सम्पन्न गर्न निर्देशन

दैनिकी न्यूज

२५, फाल्गुण २०७८
द्रुतमार्ग निर्माण समय सीमाभित्रै सम्पन्न गर्न निर्देशन
images

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले काठमाडौं–तराई–मधेश द्रुतमार्गको ठेक्का सम्झौता अनुसार समय सीमाभित्र रही गुणस्तरीय रुपमा तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकाय र निर्माण कम्पनीलाई निर्देशन दिएका छन ।

उनिहरुले द्रुतमार्ग सडक आयोजनाको निर्माणाधीन महादेवटार सुरुङ्ग खण्ड ९प्याकेज १० र लेनडाँडा–धेद्रे सुरुङ्ग खण्ड ९प्याकेज २० को हाल भईरहेको कार्यको निरीक्षण गर्दै अधिकतम जनशक्ति लगायत मेशिनरी उपकरणहरुको परिचालन गरी आवश्यकता अनुसार ‘डबल सिफ्ट’ मा काम गर्ने व्यवस्था मिलाउन समेत निर्माण कम्पनी, परामर्शदाता तथा परियोजनाका पदाधिकारीहरुलाई निर्देशन दिए ।
उनिहरुले निरीक्षणको क्रममा मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरास्थित वेशक्याम्पहरु र सडक खण्डहरुको कार्य प्रगतिबारे समेत जानकारी लिएका थिए ।

प्रधान सेनापति शर्मा तथा रक्षा सचिव शर्माले निर्माणको गुणस्तर कायम गर्न सम्झौतामा उल्लेख भए मुताविक स्थान विशेषमा नै दुरुस्त प्रयोगशालाको व्यवस्था गरी निर्माण सामाग्री एवं निर्माण कार्यको गुणस्तर यकिन तथा प्रमाणीकरण गर्ने व्यवस्था मिलाई परियोजनाको निरन्तर अनुगमन र नियमन गर्न आयोजना प्रमुख तथा परामर्शदातालाई निर्देशन दिएका थिए ।

सो क्रममा प्रधान सेनापति शर्माले उक्त द्रुतमार्गको आसपासमा बस्ने प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा प्रभावित स्थानीय समुदायहरुलाई परियोजनाबाट समुदायलाई हुने लाभबारे विस्तृत रुपमा जानकारी गराउँदै परियोजनालाई समुदाय समेतको सामुहिक सहभागिता÷स्वामित्वमा सञ्चालन गर्न आवश्यक पहल गर्न आयोजनाको लागि तैनाथी भएका प्राविधिक लगायतका फौज समेतलाई निर्देशन दिएका थिए ।

परियोजनाको योजना तर्जुमा, सार्वजनिक खरिद प्रक्रिया, निर्माण, अनुगमन एवं परीक्षण आदि कार्य गर्दा विद्यमान आर्थिक ऐन, नियमको परिधिभित्र रही प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता एवं अभ्यासलाई समेत आधार लिई कार्य सम्पादन गर्न सम्बद्ध सबैलाई उनिहरुले निर्देशन दिए ।

आयोजनाको लागि थप जग्गा प्राप्तिको निमित्त ‘सप्लिमेन्टरी’ वातावरणीय मूल्याङ्कनको सम्बन्धमा आईपरेका समस्या तथा चूनौतीहरुको बारेमा प्रधान सेनापति शर्माले आयोजनाका पदाधिकारीहरुसँग छलफल तथा जानकारी समेत लिई यथाशीघ्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएका थिए । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - ०६:५४:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology