ललितपुर । दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले नारी दिवसको अवसरमा आज आयोजना गरेका कार्यक्रम शोक साभामा परिणत भएको छ ।
आज कोन्ज्सोसोम गाउँपालिका वडा नं. ४ नल्लुमा एकै परिवारका ५ जना सदस्यहरुको आज मृत्यू भएपछि अनेमसंघ (क्रान्तिकारी) कोन्ज्योसोम गाउँपालिकाले आयोजना गरेको कार्यक्रम शोक सभामा परिणत गरेको हो ।
कार्यक्रम नेकपा (माओवादी केन्द्र) बागतमी प्रदेशका सचिवालय सदस्य तथा अनेमसंघ (क्रान्तिकारी) का केन्द्रीय सचिव सुशिला पौडेलको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो ।
अनेमसंघ (क्रान्तिकारी) ले नारी दिवसमा भव्य रुपले कार्यक्रम गर्न लामो समयदेखि तयारी थालेको थियो ।