Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

जब सेन्टरको नाममा ठगी गर्ने ९ जना पक्राउ

जब सेन्टरको नाममा ठगी गर्ने ९ जना पक्राउ

दैनिकी न्यूज

२३, फाल्गुण २०७८
जब सेन्टरको नाममा ठगी गर्ने ९ जना पक्राउ
images

काठमाडौं । उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लगाईदिने बहानामा ठगीमा गरेको अभियोगमा काठमाडौंको कोटेश्वर,नयाँबानेश्वर,चाबहिल,बालाजु लगायतका स्थानबाट ९ जनालाई आइतबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फ्यासिलिटिज म्यानेजमेन्ट सर्भिसेस प्रालिका सञ्चालक अर्घाखाँची छत्रदेव गाउँपालिका–६ ठुलापोखरी घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय अमर पाण्डे, अर्घाखाँची छत्रदेव गाउँपालिका–६ घर भई हाल काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय तिलकराम पाण्डे, काठमाडौं बालाजुस्थित दुध पोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक लमजुङ दुधपोखरी गाउँपालिका–२ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका जरखुं बस्ने २२ वर्षीय आनन्द मरहठ्ठा, काठमाडौं कोटेश्वरस्थित एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक सिरहा, सिरहा नगरपालिका–१९ घर भई हाल ललितपुर सानोगाँउ बस्ने २३ वर्षीय विवेक यादव, काठमाडौं महानगरपालिका–३२ आकाशेपुलस्थित एबिएस जब एण्ड ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक ओखलढुङगा सिद्दिचरण नगरपालिका–३ अधेँरी घर भई हाल काठमाडौं कपन बस्ने २८ वर्षीय अश्विन राई, काठमाडौं कोटेश्वरस्थित सिन्धु रोजगारी सेवाका सञ्चालक सिन्धुली फिक्कल गाउँपालिका–२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २२ वर्षीय घनश्याम पहाडी, काठमाडौं चाबहिलस्थित प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रालिका सञ्चालिका रौतहट चन्द्रपुर नगरपालिका–४ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २५ वर्षीया सृजना लामिछाने, काठमाडौं कोटेश्वरस्थित क्विकमाण्डु एमपि प्रालिका सञ्चालिका मोरङ विराटनगर महानगरपालिका–४ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ४० वर्षीया ज्ञानु न्यौपाने र काठमाडौं कोटेश्वरस्थित अनमोल जब मल्टिपल प्रालिका सञ्चालक रौतहट मौलापुर गाउँपालिका–५ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २२ वर्षीय रामवचन कुमार यादव रहेका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा उल्लेखित जब सेन्टरहरुले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनिहरु दर्ता गर्ने र उक्त कम्पनिहरुले सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचारपम्प्लेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गर्ने तथा जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरुलाई फाराम भर्ने बहानामा ३ सय देखि ५ सय रूपैयाँसम्म फाराम चार्ज तथा १ हजार देखि ६ हजार रूपैयाँसम्म जब ग्यारेन्टि शुल्क लिने गरेको खुल्न आएको छ । साथै फाराम भर्ने व्यक्तिहरूलाई विज्ञापनमा उल्लेखित शर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुबिधा नदिई केहि समयमानै उक्त जागिर छोड्न बाध्य बनाउने र कुनै एक जब सेन्टरमा फाराम दर्ता गरिसकेको व्यक्तिलाई तपाईको जागिर पक्का भइसकेको भनि एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाई त्यहाँ समेत फाराम शुल्क असुल्ने गरेको खुल्न आएको छ ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र बालाजुमा पठाइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७८ सोमवार - १८:३३:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology