Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार थापा डिल्लीबजारबा पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार थापा डिल्लीबजारबा पक्राउ

दैनिकी न्यूज

२३, फाल्गुण २०७८
बैंकिङ कसूर मुद्दाका फरार थापा डिल्लीबजारबा पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–७ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थायी वतन भएका ३४ वर्षीय सुदिप थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत मंसिर १२ गतेको फैसलाले ४ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं डिल्लीबजारबाट पक्राउ गरेको हो ।

सुदिपले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी २०७६ फागुन ३ गते प्राइम कमर्शीयल बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट भुक्तान हुने चेक दिएकोमा रकम भुक्तान हुन नसकेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७८ सोमवार - १८:२०:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology