Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

भक्तपुरमा भेटियो बर्ड फ्लु

भक्तपुरमा भेटियो बर्ड फ्लु

दैनिकी न्यूज

२२, फाल्गुण २०७८
भक्तपुरमा भेटियो बर्ड फ्लु
images

भक्तपुर । भक्तपुरमा बर्ड फ्लु भेटिएको छ। जिल्लाको सूर्यविनायक–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्महरुका कुखुरामा बर्डफ्लु भेटिएका हुन्।

केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले ती पोल्टी फर्ममा मरेका कुखुराहरुमा वर्ड फ्लु भेटिएको पुष्टि गरेको हो। पाइला अग्रिकल्चरल फार्म, शिखर पोल्ट्री फार्म र अजिमा पोल्ट्री फार्ममा रहेका मरेका कुखुरामा वर्ड फ्लु भेटिएको पुष्टि भएको हो।

यहाँं रहेका हजारौं कुखुराहरु बुधबार राति मरेका थिए। पछि ती मेरेका कुखुराहरुको टेष्टका लागि लगिएको थियो। प्रयोगशालाका अनुसार ती फार्मका कुखुराहरुमा एच पी वानको सवटाइप एफ फाइभ एफ वान भाइरस देखापरेको हो।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - २०:४४:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology