Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

२४ जुवाडे ललितपुरको सेतीपाखाबाट पक्राउ

२४ जुवाडे ललितपुरको सेतीपाखाबाट पक्राउ

दैनिकी न्यूज

२१, फाल्गुण २०७८
२४ जुवाडे ललितपुरको सेतीपाखाबाट पक्राउ
images

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ४ सेतीपाखामा अवैद्य रुपमा जुवातास खेलिरहेको अवस्थामा २४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकबहादुर राना लगायत २४ जना रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ३ लाख ८५ हजार ३३० रुपैयाँ नगद र जुवातास खेल्न प्रयोग गरेको तास समेत बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रहरीले गत मंगलबार राति पनि महालक्ष्मी नगरपालिका वडा नं. ४ ओचुहाइटमा विनोद कुमार श्रेष्ठले संचालन गरेको ओचु व्याडमिण्टन क्लबको घरभित्र अवैद्य रुपमा जुवातास खेलिरहेको अवस्थामा २५ जनालाई पक्राउ गरेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - २२:१९:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology