ललितपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका वडा नं. ५ लेले चम्पेश्वरी बस्ने सल्यान कालिमाटी गाउँपालिका–१ पोखरा घर भएका २३ वर्षीय प्रकाश भन्ने छबिलाल खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खड्काले ती बालिकालाई ललाई फकाई गोदावरी नगरपालिका–५ लेलेस्थित तरकारी खेती गरेको टनेलामा लगि बिहीबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी टिकाभैरब र महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।