Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

महोत्तरीमा पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति

महोत्तरीमा पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति

दैनिकी न्यूज

२१, फाल्गुण २०७८
महोत्तरीमा पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति
images

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-८स्थित बजारमा शनिबार बिहान पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड बराबरको धनमाल क्षति भएको छ।

स्थानीय जगदीशप्रसाद गुप्ताको दुई तले घरमा मटिहानी नपा(७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा बिहान ७ बजे विद्युत् सर्ट भएर आगलागी भएको थियो।

आगलागीबाट २५ लाख मूल्य बराबरको मालबस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुई तले भवनको विभिन्न कोठामा पनि आगलागी भई जम्मा डेढ करोड बराबरको धनमाल क्षति भएको उनको भनाइ छ।

मटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र हेटौंडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीमा कुनै प्रकारको मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। रासस

images
प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - ११:०१:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology