Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

दैनिकी न्यूज

२०, फाल्गुण २०७८
कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित प्रेम बहादुर भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा प्रेम बहादुर समेत १३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरको तेस्रो तलामा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९७ हजार रुपैयाँ र १९ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - १३:०३:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology