Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न लामा प्रहरीको नियन्त्रणमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न लामा प्रहरीको नियन्त्रणमा

दैनिकी न्यूज

२०, फाल्गुण २०७८
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न लामा प्रहरीको नियन्त्रणमा
images

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मिर्गौला झिकेर बेच्न उद्देश्यले आर्थिक प्रलोभनमा पारेर दुईजनालाई काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित न्यू दक्षिणकाली होटलमा ल्याएर राखेको अवस्थामा बालाजुस्थित महानगरीय प्रहरी वृत्तको टोलीले मकवानपुर जिल्ला, हेटौडा–१९ घर भई हाल काठमाडौं–४ स्थित डेरा गरी बस्ने बर्ष ३९ को का मोती लामालाई बुधबार पक्राउ गरेको हो ।

एउटा मिर्गौला झिक्दा खासै फरक नपर्ने आठ लाख रुपैयाँ कमाइ हुन्छ भनी दुईजनालाई ललाइफकाइ माछापोखरीको होटलमा ल्याएर राखेको अवस्थामा लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परीसर बालाजुका डीएसपी गौतम मिश्रले बताए । प्रहरीले भारत लैजान ठीक पारिएका उनीहरूलाई उद्धार पनि गरेको थियो ।

पक्राउ परेका लामालाई मानव बेचबिखन तथा ओसारपसार उद्योगमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको बताइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - १२:३८:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology