ललितपुर । ललितपुरको ग्वार्कोमा बिहीबार बेलुकी स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहट घर भइ ललितपुरकै बालकुमारी बस्ने ६ वर्षीया अनुस्का जैसवाल रहेकी छिन् ।
बिहीबार बेलुकी ७ बजे पैदल हिँडिरहेकी उनलाई नम्बर नखुलेको स्कुटरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्को स्थित बि एन्ड बी अस्पतालमा राती पौने १२ बजे मृत्यु भएको हो ।
दुर्घटना पश्चात् फरार भएका स्कुटर सहित चालकको खोजी भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी सिद्धिविक्रम शाहले बताए ।