Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

करेन्ट लागेर वृद्धको मृत्यु

करेन्ट लागेर वृद्धको मृत्यु

दैनिकी न्यूज

२०, फाल्गुण २०७८
करेन्ट लागेर वृद्धको मृत्यु
images

तनहुँ । तनहुँमा करेन्ट लागेर एकजना वृद्धको मृत्यु भएको छ।

नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने क्रममा अचानक करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दीखोलाबाट पानी तान्ने क्रममा नेपालीलाई करेन्ट लागेको हो।

स्पष्टवक्ता, प्रजातन्त्रवादी, दलित मुक्तिका लागि सदा सङ्घर्षरत व्यक्तिको निधनले स्तब्ध बनाएको छिमेकी एवं आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए। रासस

images
प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - ०८:२९:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology