Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

चक्रपथ विस्तारः स्वयम्भू क्षेत्रलाई यथास्थितिमै राखेर काम अगाडि बढ्ने

चक्रपथ विस्तारः स्वयम्भू क्षेत्रलाई यथास्थितिमै राखेर काम अगाडि बढ्ने

दैनिकी न्यूज

१८, फाल्गुण २०७८
चक्रपथ विस्तारः स्वयम्भू क्षेत्रलाई यथास्थितिमै राखेर काम अगाडि बढ्ने
images

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत स्वयम्भू क्षेत्रलाई यथास्थितिमै राखेर सडक विस्तार हुने भएको छ । स्वयम्भूको सडक छेउमा रहेको बुद्धको मूर्ति तथा अन्य चैत्यहरूलाई हटाएर सडक विस्तार गर्न उपयुक्त नहुने ठहर गर्दै सो क्षेत्रको सडकमा केही परिवर्तन नहुने भएको हो ।

स्वयम्भू र सानो भर्‍याङमा समेत साइट क्लियर हुन बाँकी छ । स्वयम्भूमा भने बाटो खुम्च्याएर डिजाइन परिवर्तन गरी निर्माण अगाडि बढाउने गरी काम भइरहेको आयोजना प्रमुख मेघराज मरासिनीले बताए । त्यसैगरी सानो भ९याङमा रहेको विद्युतको हाइटेन्सन लाइन विद्युत प्राधिकरणले हटाउने भएपछि एक महिनापछि चिनियाँ पक्षले निर्माण थाल्ने मरासिनीले जानकारी दिए ।

उनले भने, “कलंकीदेखि वसुन्धारासम्मको क्षेत्रमा साइट क्लियरेन्स ९८ प्रतिशत पूरा भइसकेको छ । अब विस्तारको काम सुरु हुन्छ ।” कलंकी स्युचाटारको पुलदेखि वसुन्धारासम्म ८।२ किलोमिटर सडक विस्तार गर्ने गरी सम्झौता भएको थियो । तर नेपालले चीनसँग गरेको आग्रहमा कलंकीदेखि चाबहिलसम्म ११।४६ किलोमिटर विस्तार गर्न चीन सकारात्मक भएको छ ।

तर, महाराजगञ्ज क्षेत्रको २ सय ४४ मिटर साइट क्लियरेन्स हुन नसकेका कारण पूर्ण रुपमा साइट क्लियर भएपछि मात्र निर्माण थाल्ने चिनियाँ पक्षको भनाइ छ । सडक विभागले महाराजगञ्ज क्षेत्रमा करिब २ दर्जन घरको मुआब्जा दिनु पर्नेछ । विभागका अनुसार घरको मुआब्जा दिने तर जग्गाको नदिने गरी फाइल अगाडि बढाइएको छ ।

सो क्षेत्र छोडेर काम गर्न पत्राचार गरिएको भए पनि चिनियाँ निर्माण कम्पनीले हालसम्म कुनै प्रतिक्रिया नदिई तत्काललाई सम्झौता भएको क्षेत्रमा मात्र निर्माण थाल्ने संकेत देखाएको हो । आजको कारोबार दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण १८, २०७८ बुधवार - ०७:०३:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology