Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

आज पत्रकार सम्मेलन गर्दै प्रचण्ड

आज पत्रकार सम्मेलन गर्दै प्रचण्ड

दैनिकी न्यूज

१६, फाल्गुण २०७८
आज पत्रकार सम्मेलन गर्दै प्रचण्ड
images

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

उनले आज दिउँसो ३ बजे खुमलटारमा पत्रकार सम्मेलन गरेर पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा विशेष सम्बोधन गर्ने भएका हुन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारेको व्याख्यात्मक घोषणा स्वीकार गर्ने निर्णयपछि पार्टीभित्रै समीकरण मिलाउन प्रचण्डलाई सकस परेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसी स्वीकार गर्ने निर्णय गर्दा पार्टीका नेता नारायणकाजी श्रेष्ठसहितका आधा दर्जन नेताहरुले चर्को असन्तुष्टि जनाएका थिए ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०७८ सोमवार - १२:४२:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology