Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

हत्याका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

हत्याका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

दैनिकी न्यूज

१६, फाल्गुण २०७८
हत्याका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
images

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले वि.सं २०६२ असोज २३ गते भण्डारीको हत्यामा संलग्न बझाङ जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४० वर्षीय वीरेन्द्र राना र सोही स्थानकै ३३ वर्षीय रमादेवी रानालाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक कमल थापाले हतियारको प्रयोग गरी ज्यान मारेर फरार रहेका उनीहरूलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल(भारत सीमाबाट पक्राउ गरिएको जानकारी दिए।

उनीहरूलाई जिल्ला अदालत बझाङले विसं २०६६ सालमा कर्तव्य ज्यान मुद्दामा वीरेन्द्रलाई २० वर्ष कैद र रमादेवीलाई तीन वर्ष कैद हुनेगरी फैसला गरेको थियो।

पक्राउ परेका दुबै जनालाई आज फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बझाङ पठाइएको प्रवक्ता थापाले बताए। रासस

images
प्रकाशित मिति :फाल्गुण १६, २०७८ सोमवार - १०:४७:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology