ललितपुर । नेपाली काग्रेसको बागमती प्रदेश कार्यालयमा गएराति ढुंगामुडा भएको छ । ललितपुरको बालकुमारीमा रहेको कार्यालयमा अज्ञात समूहले ढुंगामुडा गरेको नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनले बताए । कसले ? किन ? आक्र्रमण गरेको हो थाहा नभएको महर्जनले भनाइ छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी सिद्धिविक्रम शाहका अनुसार काग्रेसको पार्टी कार्यालयमा ढुंगामुडा नभएको बताए । उनले भने, ‘प्रहरीको टोली घटना भएको नभएको ठाउँमा गएको थियो । त्यहाँ कुनै क्षति पनि नभएको, ढुंगामुडा पनि भेटिएन ।’