Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

काठमाडौँसहित देशका विभिन्न ठाउँमा बर्डफ्लु देखियो

काठमाडौँसहित देशका विभिन्न ठाउँमा बर्डफ्लु देखियो

दैनिकी न्यूज

१५, फाल्गुण २०७८
काठमाडौँसहित देशका विभिन्न ठाउँमा बर्डफ्लु देखियो
images

काठमाडौं । काठमाडौँलगायत देशका विभिन्न ठाउँमा बर्डफ्लु देखिन थालेपछि त्यसको नियन्त्रणका लागि सरकारले प्रयास गरिरहेको छ । पशु सेवा विभागमा शुक्रबार केन्द्रीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समितिको आकस्मिक बैठक बसेको थियो । सो बैठकले विभिन्न ठाउँमा देखिएको बर्डफ्लु रोगलाई कसरी नियन्त्रण गर्ने तथा विज्ञ कसरी परिचालन बारेमा निर्णय गरेको विभागका महानिर्देशक डा। लेखराज दाहालले जानकारी दिए ।

विभिन्न ठाउँबाट आएको नमुना परीक्षण गर्दा सिन्धुपाल्चोक, कास्की, उदयपुर र लमजङमा बर्डफ्लु भएको पुष्टि भएको छ । समितिले सङ्क्रमण देखिएको ठाउँमा तत्कालै आकस्मिक रोग अन्वेषण कार्यदललाई पठाउने निर्णय भएको विभागका प्रवक्ता डा। चन्द्र ढकालले बताए । बर्डफ्लु रोग नियन्त्रण नियमावलीअनुसार त्यसको नियन्त्रण गर्ने उनले बताए । विभागका प्रवक्ता ढकालका अनुसार कास्की, लम्जुङ, सिन्धुपाल्चोक, उदयपुरलगायत बर्डफ्लु रोगको आशङ्का भएको ठाउँबाट नमुना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको थियो ।

त्यहाँ नमुना परीक्षण हुँदा बर्डफ्लु देखिएपछि समितिको बैठक बसेको थियो । बिहीबार चितवनमा बर्डफ्लु फेला परेको थियो भने त्यसअघि मोरङ र त्यसपछि काठमाडौँको दुई–तीन ठाउँमा बर्डफ्लु रोग देखिएको थियो । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण १५, २०७८ आइतवार - ०८:४३:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology