Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

मोटरसाइकल दुर्घटनामा घाइते वडाध्यक्षको मृत्यु

मोटरसाइकल दुर्घटनामा घाइते वडाध्यक्षको मृत्यु

दैनिकी न्यूज

१४, फाल्गुण २०७८
मोटरसाइकल दुर्घटनामा घाइते वडाध्यक्षको मृत्यु
images

काठमाडौँ । मोटरसाइकल दुर्घटना हुँदा सुर्खेतमा वडाध्यक्षको मृत्यु भएको छ।

सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष ३० वर्षीय नवराज कार्कीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

८ फागुनमा कार्की सवार सवार भे ६ प ४४०१ नम्वरको मोटरसाइकललाई कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले भेरीगंगा नगरपालिका–१२ मा ठक्कर दिँदा कार्की गम्भीर घाइते भएका थिए।

उपचारको लागि उनलाई काठमाडौं ल्याएको थियो। शुक्रबार राति न्यूरो अस्पताल बासबारीमा उनको मृत्यु भएको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले जानकारी दिइन्।

कार्की नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। कार्कीको निधनप्रति माओवादी केन्द्र सुर्खेतले दुःख व्यक्त गरेको छ। रासस

images
प्रकाशित मिति :फाल्गुण १४, २०७८ शनिवार - ०९:३७:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology