Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

६२ लाख जरिवाना पाएका फरार अधिकारी पक्राउ

६२ लाख जरिवाना पाएका फरार अधिकारी पक्राउ

दैनिकी न्यूज

१२, फाल्गुण २०७८
६२ लाख जरिवाना पाएका फरार अधिकारी पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका–२ बस्ने ३८ वर्षीय विश्वनाथ अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ कात्तिक २९ गतेको फैसलाले १० दिन कैद र ६२ लाख ८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

विश्वनाथले २०७६ र २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी आफ्नो नेपाल बैंक लि. न्यूरोडको बैंक खाताबाट रकम भुक्तान हुने भनि पीडितलाई झुक्यानमा पारी चेकहरू दिएको र भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०७८ बिहिवार - १९:१३:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology