Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

७७ लाखको सुनसहित त्रिभुवन विमानस्थलमा दुई विदेशी पक्राउ

७७ लाखको सुनसहित त्रिभुवन विमानस्थलमा दुई विदेशी पक्राउ

दैनिकी न्यूज

१०, फाल्गुण २०७८
७७ लाखको सुनसहित त्रिभुवन विमानस्थलमा दुई विदेशी पक्राउ
images

काठमाडौं । नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बङ्गलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। उनीहरुले झण्डै एक किलो सुन तस्करी गर्न खाजेका थिए।

विशेष सूचनाका आधारमा सोमबार हिमालय एयरलायन्सको उडान नम्बर एच९५६६ द्वारा दुबईबाट काठमाडौँ आएका बङ्गलादेशी नागरिक मोहम्मद उल्ल्लाहमाथि अनुसन्धान गर्दा सुनसहित पक्राउ गरिएको हो।

प्रहरी टोलीले जाँच गर्ने क्रममा उल्लाहले लगाएको पाइन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाइ डिटेक्ट गर्न नसक्ने गरी पेटी आकारको एक थान अर्धठोस सुन बरामद गरेको हो।

यस्तै उनले नै लगाएको भित्री बस्त्रबाट बेलना आकारको दुई थान अर्धठोस सुन बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरकिा अनुसार सुन झण्डै एक किलो ९९३६ ग्राम० छ। उक्त सुनको हालको बजार मूल्य करिब ७७ लाख रुपैयाँ छ।

उनका अनुसार उल्लाहसँगको बयानमा भारतीय नागरिक पारसनाथ साहले भन्सार छली गर्न लगाएको खुलेपछि उनलाई पनि पक्राउ गरिएको छ। अनुसन्धानका क्रममा सुन सङ्कलन गर्ने कार्यमा साहकोसमेत संलग्नता देखिन आएकाले दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ। रासस

images
प्रकाशित मिति :फाल्गुण १०, २०७८ मंगलवार - १२:४०:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology