Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः कहाँ–कहाँ हुँदैछ वर्षा ?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः कहाँ–कहाँ हुँदैछ वर्षा ?

दैनिकी न्यूज

९, फाल्गुण २०७८
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः कहाँ–कहाँ हुँदैछ वर्षा ?
images

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सोमबार बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा केहि स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको उल्लेख छ।

सोमबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार देशको पहाडी भू–भागको केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भू-भागको केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भू–भागको केही स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ।

 

images
प्रकाशित मिति :फाल्गुण ९, २०७८ सोमवार - ०७:२०:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology