Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

३ दिनसम्म बदली र वर्षाको सम्भावना

३ दिनसम्म बदली र वर्षाको सम्भावना

दैनिकी न्यूज

७, फाल्गुण २०७८
३ दिनसम्म बदली र वर्षाको सम्भावना
images

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली हुनाका साथै मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

हाल उक्त मौसमी प्रणालीको आंशिक प्रभाव रहे पनि आगामी तीन दिनसम्म बदली र वर्षा गराउने महाशाखाले प्रक्षेपण गरेको छ । शनिवार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का हिमपातको सम्भावना छ ।

आइतवार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिवार काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव ५ र अधिकतम तापक्रम २० दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।रासस

images
प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - २२:०२:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology