Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

एमालेको साथ खोज्दै कांग्रेस

एमालेको साथ खोज्दै कांग्रेस

दैनिकी न्यूज

६, फाल्गुण २०७८
एमालेको साथ खोज्दै कांग्रेस
images

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउने विषयमा सत्तारूढ गठबन्धनभित्र सहमतिको वातावरण बन्ने भन्दा वातावरण झन् विग्रिदै गएको छ ।

गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस जसरी पनि एमसीसी संसदबाट अघि बढाउने पक्षमा छ भने गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनबिना एमसीसी अघि बढाउनै नसकिने अडानमा छन् । ती दुई दलले बिहीबारको गठबन्धन बैठकमा पनि अडान कायम राखेपछि सरकारको नेतृत्व गरेको दल कांग्रेस विकल्पको खोजीमा अघि बढेको छ । कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगको संवादलाई पनि तीव्रता दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा एमसीसी जसरी पनि अघि बढाउने भन्दै सहमति दिन देउवाले माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपालसँग बिहीबार पनि आग्रह गरेका थिए ।

तर, ती दुवै दलका अध्यक्षले भने एमसीसी थप छलफल गरी संसद्को अवरोध खुलाएर सहमतिमै एमसीसी अघि बढाउनेगरी वातावरण बनाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।

‘संसद्को अवरोध हटाउने विषयमा गम्भीर रूपमा छलफल भयो, शुक्रबार बिहान पुनः शीर्ष नेताको बैठक बसेर एमसीसी’दयगत थप छलफल गर्ने सहमति भएको छ,’ गठबन्धन बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूसँग भने ।

बैठकमा माओवादी केन्द्रले भने एमसीसीमा रहेका प्रावधान’दयगत थप स्पष्ट पारिनुपर्ने र संसद्को अवरोध खोलिनुपर्ने भनेको हो ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीका विषयमा थप प्रस्टता आवश्यक रहेको र थप छलफल हुनुपर्ने धारणा बैठकमा राखिएको बताए ।

‘यत्रो राष्ट्रलाई असर गर्ने कुरा संसद् सुचारु नहुँदासम्म कसरी पेस हुन सक्छ, पहिला संसद् सुचारु हुनुपर्छ र एमसीसी’दयगत थप छलफल र स्पष्टता जरुरी छ,’ श्रेष्ठले भने ।

बैठकमा प्रधानमन्त्रीको प्रस्तावमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले समर्थन गर्दै एमसीसीलाई रोक्नुपर्ने कुनै कारण नभएको भन्दै अघि बढाउनुपर्ने बताएका थिए ।

यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - ०७:०८:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology