Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

सर्वोच्चको फुलकोर्ट शुक्रबार बस्ने

सर्वोच्चको फुलकोर्ट शुक्रबार बस्ने

दैनिकी न्यूज

३, फाल्गुण २०७८
सर्वोच्चको फुलकोर्ट शुक्रबार बस्ने
images

काठमाडौं । सर्वोच्च अदालतलको फुलकोर्ट बस्ने भएको छ । कायममुकाम प्रधानन्यायाधीश दीपकुमार कार्कीको आह्वानमा आज बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकले शुक्रबार औपचारिक रुपमा फुलकोर्ट बोलाउने निर्णय गरेको हो ।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग लगायत अदालत सञ्चालन, अदालत सुधार लगायका विषयमा छलफल भएको जनाइएको छ ।

सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछि उनी नलम्बित भएका छन् । राणा निलम्बित भएसँगै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका छन् । राजधानी दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - ०६:२९:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology