Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

आज एमाले संसदीय दलको बैठक बस्दै

आज एमाले संसदीय दलको बैठक बस्दै

दैनिकी न्यूज

२, फाल्गुण २०७८
आज एमाले संसदीय दलको बैठक बस्दै
images

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले आज बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

महाभियोग दर्ता भएसँगै आइतबार बसेको एमाले सचिवालय बैठकले त्यसको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - ०९:५९:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology